दफा ७
सभाको गठन
: (१) प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा एक सभा
रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ :-
(क) कुलपति -अध्यक्ष
(ख) सहकुलपति -उपाध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने) -सदस्य
(घ) उपकुलपति -सदस्य
(ङ) स्वास्थ्य विज्ञान सम्बन्धी उच्च शिक्षा प्रदान गर्ने
विश्वविद्यालय तथा अन्य प्रतिष्ठानका उपकुलपतिहरूमध्ये
कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत दुई जना -सदस्य
(च) सचिव, मन्त्रालय -सदस्य
(छ) सचिव, नेपाल सरकार अर्थ मन्त्रालय -सदस्य
(ज) सचिव, नेपाल सरकारको शिक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालय -सदस्य
(झ) शिक्षाध्यक्ष -सदस्य
(ञ) डीनहरूमध्येबाट सभाबाट मनोनीत एक जना -सदस्य
(ट) निर्देशक -सदस्य
(ठ) प्रमुख, दाङ्ग जिल्ला समन्वय समिति -सदस्य
(ड) प्रमुख, घोराही उपमहानगरपालिका -सदस्य
(ढ) शिक्षकहरूमध्ये प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी
परिषद्बाट मनोनीत कम्तीमा एक जना महिला सहित दुई जना -सदस्य
(ण) शैक्षिक संस्थाका प्रमुखहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा
सभाबाट मनोनीत एक जना -सदस्य
(त) अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् -सदस्य
(थ) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल -सदस्य
(द) दलित, आदिवासी÷जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व
हुने गरी कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत
कम्तीमा दुई जना महिला सहित चार जना -सदस्य
(ध) चन्दादाताहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट
मनोनीत कम्तीमा एकजना महिला सहित दुई जना -सदस्य
(न) प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूमध्ये सभाबाट मनोनीत
एक जना -सदस्य
(प) रजिष्ट्रार -सदस्य सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो, सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।